घटेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक
काठमाडाैं | चैत ५, २०७९
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेर ३६२.२६ विन्दुमा झरेको छ। यसदिन २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भयो। ३० हजार ७७५ पटक कारोबार भयो।
ओरालो लागेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। मनुषी लघुवित्त वित्तीय,युनिक नेपाल लघुवित्त वित्तीय र शुभम पावरको मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६ करोड १० लाख मूल्य बराबरको शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एसियाका ४ करोड ८४ लाख बढि मूल्यको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ५ को मूल्य बढ्दा ८ उपसमूहका लगानीकर्ताले गुमाए।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

